परिचयबागमती बाख्रा पालन उद्योग
नेपाल कृषिर्प्रधान देश र लगभग ७५% प्रतिशत नेपाली जनता आफ्नो दैनीकी जिबीकोपार्जको लागी कृषिमा आधारित भयतापनी नेपालले कृषिर् क्षेत्रमा उल्लेखनिय फटको मार्न नसकेको तितो यथार्थ लाई हृदयंगम गरी बाग्मती बाख्रा बिड्र फार्म सन २००४ मा स्थापना गरीएको हो । तर सुहाँउदो प्रविधिको अभाव, समयमा रोगको परिचान हुन नसक्नु बलियो कृषिर् नीतिको अभाव कमजोर आर्थिक अवश्था, रानीतिक अस्थीरता उन्नजातको बाख्रा आयात गर्ने क्रममा विभिन्न चुनौतिको मुकाविला गर्नु पर्ने, साथै विषेशगरी उन्नत जातको बाख्रा नेपालमा नपाईनु- यी आदि समस्यालाई विभिन्न मित्र र आफ्नै प्रयासले क्रमबद्ध रुपमा समाधान गर्दै यही २०११ फ्रेबुरी बाट उन्नतजातका बाख्रा बोर, बिटल , जमुनापारी ओस्माना बादी, साथै लोकल खरी बाख्रा राखी सम्भवत नेपालमै पहिलो आधुनिक तरीका बाट संचालन गरीएको फार्म हो ।
नेपालको राजधानी काठमाण्डौबाट २५ कि.मी पश्चिम पृथ्वी हाइवेको धार्केबजार बाट यस फार्ममा १० मिनेटको पैदलयात्राबाट पुग्न सकीन्छ । यस र्फममा अती आवश्यक ४,५ जना सम्मलाई सामान्य खालको खाने बस्ने सुविधा छ । यस ठाउँबाट नेपालमा प्रसिद्ध पर्यटकिय स्थल पोखरा राष्ट्रिय निकुञ्ज चितवन, भगवान बुद्धको जन्मस्थल लुम्बीनी, हिमालको दृष्यवलोकन गर्नको लागि दामन, मुक्तिनाथ, मनकामना जानको लागि यहिबाटो प्रयोग गर्नु पर्दछ । यस हाइवेमा २४ सै घण्टा यातायातको सुवीधा छ । यो ठाउँ सम्भवत नेपालकै राम्रो हावा पानी भएको ठाउँ भीत्र पर्दछ । यहाँको तापक्रम बढीमा ३२ ड्रि्री र कममा ५ डीग्री सम्मको हुन्छ ।
यस ठाउँ पहिला उखुले चर्चित थियो-हाल तरकारी बाट चर्चित हुँदै ठुला ठुला उद्योग सिमेन्ट, इटा, ओषधी, ग्यास जस्ता उद्योग संचालनमा आईसकेका छन र कतीपय निर्माणाधिन अवस्थामा छन ।
घाँस, दाना र बाख्राको बारेमाबागमती बाख्रा पालन उद्योग
तर्राई र पहाडमा लगाउन सकिने घाँसको नाममा यस प्रकार छ, १, स्टाइलो एउटा बहुबर्षीय घाँस हो २ नेपयर त्यो एउटा बहुबषर्ीय घाँस वाली हो । जस्तै काब्रो , इपील, किम्बु , कोइरालो ,कुटमीरो,खस्रेतो , खन्यु , चिउरी , टाँकी, निवारो, बडहर, बकैनो, बाँस, भिमल, अम्रीसो, बषिर्म, भेच आदी आदी
| कच्चा पर्दाथहरु | १४% प्रोटिन | १६% प्रोटिन | १८% प्रोटिन |
|---|---|---|---|
| मकै |
३७ भाग | ३५ भाग | ३२ भाग |
| जै | ३७ भाग | ३५ भाग | ३२ भाग |
| गहुँको चोकर | १५ भाग | १३ भाग | १४ भाग |
| भटमासको पिटा | ९ भाग | १५ भाग | २० भाग |
| मिनरल मिक्स | १ भाग | १ भाग | १ भाग |
| नुन | १ भाग | १ भाग | १ भाग |
थप जानकारीको लागि नजीकको पशु सेवा केन्द्र वा जील्ला पसुकार्यालय मा सर्म्पर्क गर्नुहोला
रोग लाग्न नदीने र रोकथाम
- सुरुमै पि.पी. आर दिने, खोरमा फीने, फर्मालिन र्छर्कीने निलो तुथो र फीनेलपानीमा टेकायर खोरबाट निकाल्ने र लैजाने ।
- रोग नलागोस भनेर संगीतको प्रयोग पनि गरिएको छ ।
बाख्राको जात र परिचयः-
क) वोयर बाख्रा (Boer Goat)
यो जातको बाख्रा सन् १९०० दशकमा दक्षिण अफि्रकामा विकास गरिएको हो । सन् १९८० मा अस्टि्रेलिया र न्यूजिल्याण्डमा यो जातको बाख्रा पालियो र हाल अन्य देशहरुमा क्रमैसंग फैलिदै गएको छ । विगत ७ बर्षदेखि नेपालमा कहि कृषिर्कहरुले यो बाख्रा पालन गर्न थालेका छन् । यसको विषेशता निम्म प्रकारका छन् ।
- छिटो बड्ने (८०-१२०) ग्राम प्रतिदिन ।
- प्रतिबेत दुई पाठा पाठी पाउने ।
- दुई बर्षमा ३ पठक ब्याउने ।
- बाली जान सिजनको प्रभाव कम पर्ने भएको ले बाह्रै महिना पाठा पाठी जन्माउन सक्ने ।
- मासुमा(cholesterol) को मात्रा कम भएको ले मासु स्वस्तकर हुन्छ ।
- यस बाग्मती (goat breeder) फार्ममा यसको प्रतिकेजी ७०० देखि १२०० सम्ममा बिक्रि गरिनेछ ।
ख) विटल (Beetle)
यस जातको बाख्रा भारतको गुज्रात र राजस्थानमा पाइने जात हो । यो बाख्रा हर्ेदा जमुना पारी संग मिल्दो जुल्दो हुन्छ । यो बाख्रामा सामान्यतया कालो खैरो रंगमा बढी पाईने नाक उठेको कान चौडाह लामो र घुम्रीएको अग्लो शरिर जस्ता चारित्रिक विशेषता भएको पाइन्छ । यस जातको बाख्राको औसत उचाई हाम्रो फाममा ११० से.मी. बोका र ८० से.मी. बाख्री र औसत तौल भालेको ६९के.जी. र बयस्क पोथीको ४० के.जी. हुन्छ । सर दर दर्ुइबर्षा ३ पटक व्याउने ५० प्रतिशत जुम्ल्याहा पाउने गर्दछ । नेपालको तर्राई र भावर क्षेत्रमा बँधुवा प्राणालीमा यसबाट राम्रो आम्दामी लिन सक्ने देखीन्छ ।
ग) भारतमा पाईने जमुनापारी बाख्रा भारतको चम्वल नदीको बिच भाग हुँदै नेपालको तर्राई पहाडी क्षेत्रमा आई पुगेको हो । जमुनापारी बाख्राको रंङ एक्नासको हुँदैन तर साधारण तथा सेतो, कालो, रातो, रंङ भएका बाख्राहरुम्ाा कहीं कहीं गाढा रङको चिन्हहरु हुने गर्दछ । यसले दिनमा २.२५ देखि २.७ किलोग्रामसम्म दुध दिन्छ । ४० देखि ६५ कि.ग्रा हुन्छ । यस जातको बाखाको सरीर ठूलो भएकोले मासु भरिन धेरै समय लाग्छ । जमुनापारि बाख्राको पछिलो पल्ट ब्याउने उमेर तथा ब्याउने अन्तर औषत ७७० दिन तथा ४२८ दिन उल्लेख भएको पाईन्छ । साथै यसको थप अनुसन्धान भईरहेको छ ।
घ) खरि /औंल बाख्रा:
नेपालको मध्य पहाडी प्रदेशमा पाईने बाख्रालाई पहाडी वा खरि बाख्रा भन्ने गरिन्छ । विभिन्न रंङका खरि बाख्राहरुमा कालो तथा खैरो रंङका बाख्राहरु तुलनात्मक रुपमा धेरै पाइन्छ । प्राय खरि बाख्रामा मध्यम आकारका पछाडी वा माथितिर फर्केका सिङ हुन्छन् । धेरै बाख्राहरु मुडुले पनि पाइएका छन् । खरि बाख्राको सारिरीक तौल १५ देखि ४० कि.ग्रा हुन्छ । भने बोकाको सारिरीक तौल २५ देखि ४० कि.ग्रा सम्म हुन्छ । यो जातको बाख्रा सालाखाला १ वर्षा पहिलो पटक ब्याउँछ । प्रति बेत थोरैमा १ देखि बढीमा ४ वटा सम्म पाठा पाठी पाउँछ । नेपालको अधिकांश भुभागमा यो बाख्रा लोकप्रिय भएको पाइन्छ । यसको सरिर सानो र फर्ुर्तिलो हुन्छ । यो जातको बाख्रालाई बाँधेर वा चरायर पाल्न सकिन्छ । फोटो
ओस्माना बादी :
भारतमा नयाँ जातको रुपमा निस्केको यो जात पातलो शरिर लामा तिखा सिङ र अग्लो हुन्छ । यो बाख्राले दुध पनि राम्रो सँग दिन्छ । यो बाख्रा १३५ देखि १४२ दिन सम्ममा ब्याउँछ । यसको बाँकी विशेषताको बारेमा अनुुसन्धान भइरहेको छ ।
बाख्राको केही रोगहरु बिरुद्ध लगाइने खोपहरुको तालिका
| समय (महिना) | रोगको नाम | खोपको मात्रा | |
|---|---|---|---|
| बयस्क | पाठा पाठी | ||
| पौष/माघ | सी.सी..पि.पी. | ०.२ एम.एल.छालामुनी | ०.२ एम.एल.छालामुनी |
| फागुन/चैत्र | पि.पि.आर | १ एम.एल. मासु/छालामुनी | १एम.एल. मासु/छालामुनी |
| चैत्र/बैशाख | बिफर | सिपोले छालामा खोपेर | सियोले छालामा खोपर |
| बैशाख/जेष्ठ | इन्टोरोटक्सिमिया | ५ एम.एल. छालामुनी | २.५ एम.एल. छालामुनी |
| बैशाख/जेष्ठ | खोरेत | २ एम.एल. छालामुनी | १ एम.एल. छालामुनी |
८) यस फार्मको प्रमुख उदेश्य :
क) नेपाली किसानलाई उचित सल्लाह र सुझाव दिनु ।
ख) बाख्रमा उन्नत जातको सिमेन प्रयोग गरी उन्नत पाठापाठी उत्पादन गर्नु ।
ग) उन्नत प्रविधि प्रयोग गर्नु ।
घ) उन्नत जातका पाठा पाठी उत्पादन गर्नु ।
ङ) रोगको लागि घरेलु उपचार विधि प्रयोग गर्नु ।
विडियो गालरीबागमती बाख्रा पालन उद्योग
मिडियाबागमती बाख्रा पालन उद्योग
सम्पर्कबागमती बाख्रा पालन उद्योग
INSTITUTION (SOCIETY) AND PERSON CO - OPEARTING THE FARM
A. Central sheep and goat promotion office, Harihar Bhawan, Lalitpur.
B. Directorate of livestock production, Harihar Bhawan, Lalitpur.
C. Helene dubarle sersia, France.
D. District Livestock service office (DLSO) Dhading .
यस फार्म प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने वा आगामी दिनमा सल्लाह, सुझाव र सहयोग गर्नु हुने संस्था वा ब्यक्ति प्रति आभार प्रकट गर्दछ।

Nawaraj Acharya (Proprietor)
- Phone No: (977)-010-690031
- Mobile No:(977) 9741-0009110
- Email: info@bagmatigoatfarm.com, nawaraj_acharya@yahoo.com

Suraj Acharya (Technician)
- Phone No: (977)-010-690031
- Mobile No: (977) 9849-664078
- Email: suraj@bagmatigoatfarm.com

Ashis Sigdyal (Marketing Manager)
- Phone No: (977)-01-4373060
- Mobile No: (977) 9851-016211
- Email:asigdyal@yahoo.com, ashish@bagmatigoatfarm.com
- Fax No: (977)-01-4372113

Sanjay Acharya ( Technician Assistant )
- Mobile No: (977) 9849-664077
- Email: sanjay@bagmatigoatfarm.com




